दाङमा किशोर-किशोरी हत्या आरोपमा ४ जना पक्राउ

किशोर–किशोरीको हत्या गरेर गाडेको घटनामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ– दाङकाे तुलसीपुरमा किशोर–किशोरी हत्यामा संलग्न आरोपमा चार जना  पक्राउ परेका छन्।

जिल्लाकाे विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आइतबार सार्वजनिक गर्ने दाङका एसपी वीरबहादुर ओलीले बताए। असोज ३० गते तुलसीपुर–१३ स्थित दमारको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतराको शव खाल्डोमा पुरेको अवस्थामा भेटिएको थियो।

दुवै जनाको टाउकोमा चोट देखिएको छ। शवको पोस्टमार्टम रिपोर्ट आएको छैन। शरद र रोशनी दमारगाउको अम्बिकेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत थिए।