भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्मालाई रकम हिनामिना आरोपमा सीआईबीले पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ।
सहकारी हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्मालाई यसरी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।
उनलाई असार ११ गते नेपालगन्जबाट पक्राउ गरी बुधबार सार्वजनिक गर्दै कानूनी कारबाही अघि बढेको जानकारी गराएको छ। उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार ७२५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको आरोप छ।
यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १५४ निक्षेपकर्ता सदस्यले एक अर्ब ५४ करोड ७५ लाख रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ।
उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि–नोक्सानी पुर्याएको पाइएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
