आयरल्यान्डले दिएको ३५० रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटियो।
काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आयरल्यान्डले यूएईलाई पराजित गरेको छ।
मंगलबार सम्पन्न खेलमा आयरल्यान्डले यूएईलाई १३८ रनले पराजित गरेको हो। आयरल्यान्डको यो पहिलो जित हो। आयरल्यान्ड र यूएई यसअघि नै ‘सुपर सिक्स’को होडबाट बाहिरिइसकेका छन्।
समूह ‘बी’बाट श्रीलंका, स्कटल्यान्ड र ओमान सुपर सिक्समा पुगेका छन्।
आयरल्यान्डले दिएको ३५० रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटियो।
यूएईका लागि कप्तान मोहम्मद वासिमले ४५ रन बनाए। यस्तै, सञ्चित शर्माले ४४ र वसिल हमिदले ३९ रनमा आउट भए।
आयरल्यान्डका जोस लिटिल, एन्डी म्याकब्राइन, जर्ज डकरेल, कर्टिस क्याम्फरले समान २/२ विकेट लिए। यस्तै, ब्यारी म्याकार्थीले १ विकेट लिए।
तयसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३४९ रन बनाएको थियो।
आयरल्यान्डका पल स्टर्लिंगले १३४ बलमा १६२ रन बनाए। यस्तै, कप्तान एन्डी बालबर्नीले ६६, ह्यारी टेक्टरले ५७ र एन्डी म्याकब्राइनले २४ रन बनाए।
यूएईका लागि सञ्जित शर्माले ३ विकेट लिए। अलि नसिरले एक विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
