अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी तौल गर्नका लागि निकालेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी तौल गर्नका लागि निकालेको छ। आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी बाहिर निकालेर तौल गर्न थालेको हो।
मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगी जोख्ने काम भइरहेको छ। करिब एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा–टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ।
नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रूपमा सीसीटीभी क्यामेरा जडान गरेको छ भने काठमाडौँ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीलाई स्थलमा राखिएको छ। भक्तजनहरूलाई पनि मन्दिरमा प्रवेश दिइएको छैन।
सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो। महालेखा परीक्षकको प्रतिवेदनले १० किलो ९७६ ग्राम अपुग भएको औँल्याएको थियो।
अख्तियारले यसबारेमा अनुसन्धान गरिरहेको छ। तर, पशुपति विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले सुन कम भए सजाय भोग्न तयार रहेको संसदीय समितिमा बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
