‘सुपर सिक्स’मा पुग्न शनिबारको खेल जित्नैपर्ने दबाबमा खेलिरहेको नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जिम्वाबेको टाकाशिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा १६७ रनको योगफल गर्न जोड्न सक्यो।नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रनको योगदान दिए। उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, सन्दीप लामिछाने र ओपनर कुशल भुर्तेलले समान २७/२७ रन बनाए। त्यस्तै, भीम सार्की २२ रन, दीपेन्द्रसिंह ऐरी १४ र कुशल मल्लले १२ रनमा आउट भए।
नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ र बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिँदा क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए।
नेपाललाई ‘सुपर सिक्स’मा पुग्न शनिबारको खेल जित्नैपर्ने बाध्यता छ। नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिनेछ। नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अमेरिकालाई ६ विकेटले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
