जन्मसिद्धको सन्तानलाई शुक्रबारदेखि नागरिकता वितरण शुरू गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उकालोलाई जानकारी दिए।
काठमाडौँ– महोत्तरीमा शुक्रबारदेखि नागरिकता वितरण शुरू भएको छ। जन्मसिद्धको सन्तानलाई शुक्रबारदेखि महोत्तरी जिल्ला प्रशासनले नागरिकता दिन शुरू गरेको हो।
सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई बिहीबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण शुरू गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उकालोलाई जानकारी दिए।
“प्रक्रिया पुर्याएकालाई आजैदेखि नागरिकता दिन शुरू गर्यौँ। शुक्रबार भनेर कसैलाई रोकेका छैनौँ,” पहाडीले भने, “आज दुई/तीन जनाले नागरिकता लिएका छन्। प्रक्रिया नपुर्याएकालाई पूरा गरेर आउन भनेका छौँ। आइतबारदेखि यसले द्रुत गतिमा निरन्तरता पाउनेछ।”
बिहीबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता ऐन कार्यान्वयनमा रोक लगाउन गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता अस्वीकार गरेको थियो। यसअघि जेठ २१ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
तत्कालीन राष्ट्रपतिले समय गुजारेर थाँती राखेको विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ मा प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेपछि नागरिकता वितरण रोकिएको थियो। त्यसपछि नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौँसहित विभिन्न ठाउँमा विरोध प्रदर्शनसमेत भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
