पछिल्ला घटनाक्रममा बालेनले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले राजीनामा दिएको अर्यालले बताएकी छन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका शैक्षिक सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन्। मेयर बालेन शाहका पछिल्ला गतिविधि र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेकी हुन्।
महानगर कार्यपालिका बैठकले अर्याललाई १० महिनाअघि शिक्षा सल्लाहकार नियुक्त गरेको थियो। मेयर शाहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको अर्यालले जनाएकी छन्।
“एक स्वयंसेवकका रूपमा काठमाडौँको युवा नेतृत्वलाई आफ्नो सुधारको लक्ष्य हासिल गर्न सक्षम बनाउन आफूले सक्ने सेवा गरेको छु। तर, दुर्भाग्यवश, हालैका केही कार्यहरू, निर्णय गर्ने दृष्टिकोण र उहाँको प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरू मेरो मूल्यमान्यता र अरूको विरुद्धमा कडा रूपमा भएका छन्,” उनले लेखेकी छन्, “यस शहरको नागरिक र मतदाताको हैसियतमा उहाँलाई शुभकामना र अनुरोधसहित पद त्यागेको छु।”
महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले अब पनि सार्वजनिक शिक्षाकै क्षेत्रमा काम गर्ने बताएकी छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
