सोमबार विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ अंकमा कायम भएको हो।
सोमबार विभिन्न २७६ वटा कम्पनीका एक करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर ६९ हजार १६८ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड छ लाख आठ हजार ८८० बराबरको कारोबार भएको छ।
सोमबार विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। विकास बैंक १३१.३७, वित्त समूह ८९.९०, लगानी समूह २.२३, म्युचुअल फन्ड ०.४६ र अन्य समूह ३३.१३ अंकले बढेको छ।
निर्जीवन बीमा समूह २७७.२५ र जीवन बीमा समूह १९३.८० अंकले घटेको छ। त्यस्तै, बैंकिङ ८.३२, होटल तथा पर्यटन ८१.८६, जलविद्युत् १९.८०, उत्पादन तथा प्रशोधन ५२.५४, लघुवित्त २९.१३ र व्यापार समूह १२.०८ अंकले घटेको छ।
सोमबारको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, बिपिडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २९ करोड ८२ लाख १३ हजार ५७४ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर ११ लाख ३५ हजार सात सय ९८ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
