नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतअनुसार अहिलेसम्म पाँचथर, संखुवासभा, ताप्लेजुङगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ– लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ। त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, संखुवासभा, ताप्लेजुङगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ। ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन्। बेपत्ताहरूको खोजी जारी रहेको उनले बताए। अन्य तीन जनाको भने उद्धार गरिएको छ।
उनका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन्। जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पुर्याएको छ। यस्तै, छवटा घर बगाएको र दुई जलविद्युत् आयोजनामा क्षति पुगेको छ। यस्तै, संखुवासभामा भने एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन रहेका छन्। त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि कडायतले बताए।
संखुवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राससलाई दिएको जानकारीअनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत् आयोजनाका कर्मचारी छन्। अन्य चारजना भने सर्वसाधारण हराइरहेका हुन्।
यस्तै, ताप्लेजुङमा एकको मृत्यु र तीन जना बेपत्ता रहेका छन्। त्यहाँ नौवटा पशु चौपाय मरेका छन्। इलामलगायत जिल्लाहरूमा पनि पहिरो गएको र जनजीवन प्रभावित भएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
