गोलभेँडा उत्पादक कृषक वरुणबहादुर रोकाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडा बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए।
काठमाडौँ– किसानले मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा गोलभेँडा (टमाटर) सडकमा फ्याँकेर विरोध जनाएका छन्। आइतबार गोलभेँडा व्यवसायी र किसानले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा फ्याकेको हुन्।
व्यवसायी र किसानहरूले कालीमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेँडा फ्याँकेर विरोध गरेका छन्।

नेपालमा उत्पादित गोलभेँडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानले टमाटर फ्याँकेका हुन्। गोलभेँडा उत्पादक कृषक वरुणबहादुर रोकाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडा बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए।
उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरूको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताए। उनले अहिले नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता पाउने नपाउने तर विदेशीबाट आयात भएर आएको वस्तुले बजार लिने गरेको बताए। उनले कालीमाटी बजारमा व्यवसायीले किसानसँग ८ रुपैयाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताए। उनले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताए।

कालीमाटी तरकारी बजारमा किसानले तीन/चार सय क्रेट जति गोलभेँडा सडकमा फ्याकेका छन्। किसानले करिब ३० हजार किलो गोलभेँडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ। फ्याँकिएका गोलभेँडा रामकोट, नागार्जुन, थानकोट, भक्तपुरलगायत क्षेत्रका किसानले उत्पादन गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
