कुशल भुर्तेल ९९ रनमा आउट

जिम्मबावेमा जारी खेलमा कुशल भुर्तेल ९९ रनमा बोल्ड भएका छन्। उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे।

काठमाडौँ– व्यक्तिगत एक रनमा जीवनदान पाएका ओपनर कुशल भुर्तेल आईसीसी एक दिवसीय विश्वकप छनोटमा शतक पूरा गर्न एक रनले चुकेका छन्। जिम्मबावेमा जारी खेलमा उनी ९९ रनमा बोल्ड भएका हुन्। उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे।

तीव्र गतिका बलर रिचर्ड नागरावाको चौथो ओभरको चौथो बलमा भुर्तेलले व्यक्तिगत एक रनमा जीवनदान पाएका थिए। एज लागेर हावामा रहेको बललाई फस्ट स्लिपमा रहेका सिकन्दर राजाले क्याच छाड्न पुगेका थिए। त्यसपछि कुशलले आफ्नो रनको गति बढाए।

उनी टेस्ट राष्ट्रविरुद्ध शतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। उनले घरेलु टोलीविरुद्ध ६३ बलमा अर्धशतक प्रहार गरेका थिए।

यो ओडीआईमा पहिलो विकेटका लागि सर्वाधिक उच्च साझेदारी हो। पहिलो विकेटका लागि भुर्तेल र आशिफ शेखले १७२ रनको साझेदारी गरेका थिए। यसअघि लिग २ अन्तर्गत ओमानविरुद्ध  ११४ रनको साझेदारी भएको थियो।