फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै बागमतीलाई सफा र स्वच्छ बनाउन सकिने शहरी विकासमन्त्री सीता गुरुङको भनाइ छ।
काठमाडौँ– शहरी विकासमन्त्री सीता गुरुङले बागमती सफाका लागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताएकी छन्। सरकारले बागमतीसहित काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिएको भन्दै उनले प्रदूषण रोक्न नागरिकको सक्रिता र खबरदारी महत्त्वपूर्ण हुने बताएकी हुन्।
शनिबार काठमाडौँको गुहेश्वरीमा निर्माण भएको ढल प्रशोधन केन्द्र र बागमती करिडोरको स्थलगत निरीक्षणपछि मन्त्री गुरुङले भनिन्, “बागमतीलाई सफा गर्न, सुन्दर बनाउन सरकारले यी परियोजनाहरू सञ्चालन गरेको छ। तर, बागमती अझै संंलो भइसकेको छैन। नदीमा फोहोर फ्याँक्ने, ढल बगाउने र प्रदूषित गर्ने काम यसको वरपर बसेका हामीहरूबाटै भइरहेको छ। त्यसैले बागमती सफाइका लागि नागरिकको पनि थप सक्रियता र खबरदारी आवश्यक छ।”
मन्त्री गुरुङले बागमती सफाइका लागि लामो समयदेखि स्वयंसेवी अभियान सञ्चालन भइरहेको भन्दै त्यसको प्रशंसासमेत गरिन्। उनले नदीहरूमा फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै बागमतीलाई सफा र स्वच्छ बनाउन सकिने बताइन्।
“घर घरबाट निस्किएको ढल त्यतिकै नदीमा मिसिइरहेको छ, त्यही ढललाई हामीले प्रशोधन गर्न गुहेश्वरीको यो ढल प्रशोधन केन्द्र हो, यो पहिलो र परीक्षणका लागि गरिएको नमुना परियोजनासमेत थियो,” उनले भनिन्, “यसले बागमतीमा मिसिँदै आएको ढललाई प्रशोधन गर्न सफल भएको छ। त्यसकारण सरकारले थप सात वटा यस्तै प्रशोधन केन्द्रहरू बनाइरहेको छ।”
उनले ती सबै प्रशोधन केन्द्रहरू निर्माण भएको अवस्थामा नदी सफाइका लागि थप मद्दत पुग्ने बताइन्। हाल गुहेश्वरीमा सञ्चालित ढल प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २० लाख लिटर पानी प्रशोधन हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
