पौडेलको गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्राम गरिएको थियो।
काठमाडौँ– स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।
पौडेललाई गएराति अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ।
मुटुकाे चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले राष्ट्रपति पौडेललाई भर्ना गरिएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा रत्नमणि गजुरेलले जनाएका छन्। उनको अवस्था स्थिर रहेको गजुरेलले विज्ञप्तिमार्फत जनाएका छन्।
पौडेलको गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्राम गरिएको थियो। उनी बुधबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए।
त्यसअघि राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पेटको उपचार गरिएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
