जनमत पार्टीका अध्यक्ष सीके राउतले बैंक लुटेजसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको टिप्पणी गरेका छन्।
काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभई लुटिएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताएका हुन्।
प्रधानमन्त्री, कांग्रेस सभापति, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई इंगित गर्दै उनले बैंक लुटेजसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन लडेको जिल्ला, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएको भन्दै आलोचना भइरहेको बेला जनमत पार्टीका अध्यक्ष राउतले व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
“संसद्मा शून्य समयमा वा अन्य समयमा के कुरा उठाइन्छ, छलफलमा के कुरा उठाइन्छ, त्यसको मतलब गरिँदैन भनेपछि कुनै सुझाव दिनु हुँदैन भनेर हाम्रा विद्वानहरूले भनेकै छन्,” उनले भने, “बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्ने कुरा स्पष्ट देखिँदैन। यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ। बजेट बनाएको, ल्याएको होइन। बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ। जसरी बैंक लुट्दा खेरी चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन्।”
सरकारले लुट्ने क्रम जारी रहेको उनको भनाइ थियो। अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुल स्टपसमेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको उल्लेख गरे। उनले बजेट योजनाविहीन भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
