मनसुनी प्रणालीको प्रभाव, कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

देशका मध्य तथा पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी यथावत् रहेको महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशको पूर्वी तथा मध्य भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

वर्षा रातिसम्म नै जारी रहने महाशाखाले जनाएको छ। वर्षा भए पनि देशका मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् छ।

अत्यधिक गर्मी, चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।