नेपालले यूएईको प्रतिनिधिमण्डलसँग नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्थालगायत विषयमा प्रस्ताव राखेको थियो।
काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ। त्यससँगै घरेलु कामदारसमेत लैजान इच्छुक भएको यूएईले नेपाललाई जानकारी दिएको छ।
नेपाल र यूएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकमा आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो। नेपाल र यूएईबीच चार वर्षअघि भएको श्रम सम्झौताको म्याद जेठ ३१ बाट सकिँदै थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा यूएई सरकारका तर्फबाट अब्दुल्ला अलनुइमीले नेपालबाट घरेलु कामदारसमेत लैजान इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका थिए।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्था र जेल तथा कैदमा रहेका नेपाली श्रमिकको विवरणका विषयमा प्रस्ताव राखिएको थियो।
बैठकमा यूएई सरकारका तर्फबाट नेतृत्व गरेका सहायक उपसचिव अब्दुल्ला अलनुइमीले नेपाल सरकारका तर्फबाट राखिएका प्रस्ताव सम्बोधन गर्न सकारात्मक रहेको बताए। उनले यूएईको श्रम बजारको अवस्था नेपाली प्रतिनिधिमण्डललाई बताएका थिए।
नेपालका तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गरेका मन्त्रालयका सहसचिव राजिव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकनका साथै नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानूनको जानकारी दिएका थिए। उनले नेपाली श्रमिकको विवरण तथा अलेखबद्धरूपमा यूएईमा रहेका नेपाली श्रमिकलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरणका विषयमाथि छलफलको प्रस्ताव राखेका थिए।
नेपाली श्रमिकको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य, स्वच्छ तथा मर्यादित भर्ना प्रक्रियाजस्ता विषयमाथि छलफल भएको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
