सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित हुने गरी सुधार नगरे संघ र प्रदेश मातहतका अस्पतालमासमेत हस्तक्षेपकारी कानूनी कारबाही गर्ने मेयर शाहले चेतावनी दिएका छन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ।
आफ्नो अधिकार क्षेत्रभित्र रहेका स्वास्थ्य संस्था कानुनी रूपमा सञ्चालन नभएको पाइएपछि तालाबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिए।
कोटेश्वरमा रहेको सहयात्री अस्पताल एन्ड वर्थिङ सेन्टर र बौद्धस्थित चाइनिज पिपुल्स अस्पतालमा ताला लगाइएको हो। यस कार्यलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको सघन अनुगमन गरी कानुनी दायरामा ल्याउन स्पष्ट महानगरअन्तर्गत स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको उनले बताएका छन्।
“कानुनी व्यवस्था अनुसार सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा स्वास्थ्य सेवा पुगोस् भनी हामीले अग्रसरता लिइरहेको प्रस्ट पार्न चाहन्छौँ,” उनले सामाजिक सञ्जालमा भनेका छन्, “महानगरभित्र रहेका सबै प्रकृति र तहका अस्पतालले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा संघ र प्रदेश मातहतका अस्पतालमासमेत हस्तक्षेपकारी कानुनी कारबाही गरिने छ।”
लोकप्रियताका लागि नभई कानूनमा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्याउन यो काम गरिएको मेयर शाहको भनाइ छ।
महानगरले जेठ ६ गते असहाय विपन्नसहित लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत नि:शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
