छाती दुख्ने समस्या भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार बिहान डिस्चार्ज भएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
छाती दुख्ने समस्या भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार बिहान डिस्चार्ज भएका हुन्। अस्पतालमा पौडेलको एन्जिओग्राम गरिएको थियो।
राष्ट्रपति पौडेललाई २४ घण्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्तिमार्फत जनाएका छन्। अहिले उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।
यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
