पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताएका छन्।
काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ।
मंगलबार संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताएका हुन्।
आफूले पटक–पटक जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य–सचिव थापाले गहभरि आँसु झारे।
आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको भन्दै दुखेसो पोखेका उनले राज्यको नीति यहीँ हो? भनी प्रश्नसमेत गरे।
“यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु। आज मेरो गाउँभरि बेइज्जत भयो। मेरो दुई जना सन्तान छन्। गहभरि आँसु पार्दा अन्यथा नलिनु होला। म कमजोर होइन, तर राज्यले कमजोरी बनायो नि त। आयोगले छानबिन गर्न नपर्ने?” उनले भने।
सदस्य–सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गा लगायतका सम्पत्ति दुरुपयोग गरेर बाँच्नु नपर्ने पनि बताए। उनले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र? भनी सांसदहरूसँग जिज्ञासासमेत राखे।
सदस्य–सचिव थापाले जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभाबी आरोप लगाउन नमिल्ने बताए। त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दाबी थियो। बैठकमा सांसदले जलहरी प्रकरणबारे सदस्य–सचिव थापासँग जिज्ञासा राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
