बैरागी काइँलाले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे।
काठमाडौँ– कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा)ले लेखकले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन्।
मंगलबार गोरखापत्र संस्थानबाट प्रकाशन हुने मधुपर्कको ५६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काइँलाले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान गरेबापत पाइने सम्मानको रकम या पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताएका हुन्।
पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकमा ऐनबमोजिमको कर लगाउनु राम्रो भएको उनले तर्क गरे। लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काट्न नहुने उनको भनाइ छ।
उनले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे। उनले अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोकेबमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानले अब विचार गर्नुपर्ने बताए। उनले अब सरकारलाई लेखकले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो? भन्दै प्रश्न गरे।
“लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काटेर दिन्छ। यो अवस्थाबाट आमलेखकहरू पीडित छन्। नेपाली लेखकहरूलाई लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा छ। त्यसैले गुनासो नगरी जति दिए पनि उनीहरूले लिने गर्छन्,” उनले भने।
मधुपर्कको ५६औँ वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानबाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ। गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ। मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
