८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन जोडिन्।
काठमाडौँ– एसिसी महिला इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग नौ रनले पराजित भएको छ।
८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन जोडिन्।
अर्की ओपनर सीता रानामगर ६ मा आउट भइन्। कप्तान रुविना क्षेत्रीले ६ रन जोडिन्। कविता जोशी १ चौकासहित १५ रनमा नटआउट रहिन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो। पाकिस्तानका शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन्। कप्तान साना फतिमाले १६ र गुल फरुजाले ११ रन बनाइन्।
नेपालका इन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान २/२ विकेट लिए। प्रतियोगितामा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो।
नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
