महाशाखाले तराईका भूभागहरूमा आगामी चार दिनसम्म तातो हावा अर्थात् लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ– नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले यस वर्ष मनसुनी वर्षाको आगमन औसत मिति (जुन १३ तारिख)भन्दा एक–दुई दिन ढिला हुने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश र भुटानसम्म आइपुगेको छ। नेपालको पूर्वी भूभाग कोशी प्रदेशमा मनसुन भित्रिन अझै केही दिन लाग्ने छ।
समयमै वर्ष नहुँदा देशका मध्य तथा पश्चिमी भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि देखिन्छ। देशका मध्य तथा पश्चिम तराईका भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको छ। त्यस्तै, काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा पनि तापक्रममा वृद्धि भएको देखिन्छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ। साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भूभागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ।
महाशाखाले ती भूभागहरूमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
मधेश प्रदेशको पूर्वी भूभागमा तापक्रम केही घट्ने सम्भावना देखिए पनि गर्मीको सम्भावना रहनाका साथै देशको पश्चिमी पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको छ। ती भू–भागहरूमा पनि गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ। कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्नाका साथै अत्यधिक गर्मीको नहुने देखिन्छ।
महाशाखाका अनुसार तातो हावा तथा लूबाट हुने सम्भावित असरहरू जस्तै: थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
