सोमबार २८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रु दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार ४१५ मा को कारोबार भएको छ।
काठमाडौँ– तीव्र उतारचढावबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ७.७९ अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक ०.३९ प्रतिशतले बढेर १९८७.८७ अंक पुगेको छ। सोमबार २८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रु दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार ४१५ मा को कारोबार भएको छ।
सोमबार कारोबारमा आएका बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। बैंकिङ समूह ३.०१, होटल तथा पर्यटन समूह ४५१.९९, जीवन बीमा समूह ७.६६, उत्पादन तथा प्रशोधन १०२.९९, लघुवित्त १४.९४ र अन्य समूह ०.६५ अंकले बढेको छ।
परिसूचक घट्नेमा विकास बैंक १८.६३, वित्त १६.२५, जलविद्युत् ७.८८, लगानी ०.०५, म्यचुअल फन्ड ०.०१, निर्जीवन बीमा ५.७० र व्यापार समूह ३.४० अंकले घटेको छ।
सोमबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रू १५ करोड २८ लाख ५८ हजार ८२१ बराबरको चार लाख ४९ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको चार लाख ४९ हजार ७४९ कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
