सूर्यविनायक–४ हर्सचोकमा भइरहेको प्रतियोगितामा न्युटन एकेडेमी, सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघ अन्तिम चारमा पुगेका छन्।
काठमाडौँ– भक्तपुरमा जारी खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।
सूर्यविनायक नगरपालिका–४ हर्सचोकमा भइरहेको प्रतियोगितामा न्युटन एकेडेमी, सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघ अन्तिम चारमा पुगेका हुन्।
आइतबार सम्पन्न क्वाटरफाइनलमा आयोजक सिर्जनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको छ। यस्तै यस्तै न्युटन एकेडेमीले कागेश्वरी मनोहरालाई २५–१६ र २५–१८, गणतान्त्रिक खेलकुद महासंघले भक्तपुर जिल्ला खेलकुद विकास समितिलाई २५–१० र २५–२१ तथा लिखु–८ ले लिखु सेवा समाजलाई २५–२३ र २६–२४ ले पराजित गरेका हुन्।
आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार शनिबार शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता छ।
सोमबार हुने फाइनलको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आचार्यले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
