महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालकाे कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कात्तिक २१ गते आइसल्यान्ड जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डको औपचारिक भ्रमणमा जाने भएकी छन्।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ काे कार्यक्रममा सहभागी हुन राष्ट्रपति कात्तिक २१ आइसल्यान्ड जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिव भरतराज पौड्यालका अनुसार राष्ट्रपति १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेकी हुन्।
भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ। कार्यक्रममा राष्ट्रपतिले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने पौड्यालले बताए।
टोली कात्तिक २६ गते स्वदेश तालिका छ। राष्ट्रपतिको भ्रमणलाई त्रुटिरहित बनाउन कुनै कसुर बाँकी नराख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
