खुमलटारले शुक्रबार अन्तिम खेलमा उपाधि जितिसकेको चर्च ब्वाइज युनाइटेडसँग खेल्ने तय छ। यो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ।
काठमाडाैँ– एफसी खुमलटारले रेलिगेसन जोनमा रहेका क्लबहरूको खेल एकै समयमा नभए जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेल नखेल्ने चेतावनी दिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै खुमलटारले आफूहरूको मागलाई सम्बोधन नगरे लिगको अन्तिम खेल नखेल्ने घोषणा गरेको हो।
"रेलिगेसनका लागि लडिरहेका टोलीहरूको अन्तिम खेल 'फिफा फेयर प्ले' अनुसार एकै दिन एकै समयमा खेलाउन माग गर्दै पत्राचार गरिए पनि अहिलेसम्म त्यसको जवाफ नआएकाले एन्फा नै स्वच्छ खेल होस् भन्ने चाहनामा नभएको अनुभूति हामीलाई भयो। त्यसैले लिगको अन्तिम खेल नखेल्ने जानकारी यसै पत्रमार्फत् दिन चाहान्छौँ,” खुमलटारले पठाएको पत्रमा भनिएको छ।
यता, एन्फा प्रवक्ता सुरेश शाहले खेलको तालिका परिवर्तन नहुने बताए। यसअघि नै क्लबका पदाधिकारीहरूसँग छलफल गरेर तालिका सार्वजनिक गरेकाले निर्धारित अनुसार नै खेल हुने उनले जानकारी दिए।
खुमलटारले शुक्रबार अन्तिम खेलमा उपाधि जितिसकेको चर्च ब्वाइज युनाइटेडसँग खेल्ने तय छ। यो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ। एक खेल खेल्न बाँकी रहेको खुमलटारको २५ खेलमा २७ अंक छ। खुमलटार तालिकाको पुछारमा छ। रेलिगेसनबाट जोगिन उसलाई अन्तिम खेलमा ३ अंक जोड्नैपर्ने दबाब छ।
शुक्रबार नै रेलिगेसन जोनको एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुरू हुने छ। एपीएफले २५ खेलबाट ३० अंक जोडेको छ।
फ्रेन्ड्सको समान खेलमा २७ अंक छ। एपीएफले जित हासिल गरे रेलिगेसनबाट जोगिने छ। फ्रेन्ड्सलाई भने थ्री स्टारको नतिजामा भर पर्नुपर्ने हुन्छ। थ्री स्टारको २५ खेलबाट २९ अंक छ।
थ्री स्टारको खेल भने शनिबार रहेको छ। थ्री स्टारले अन्तिम खेल जावलाखेलसँग खेल्ने छ। जावलाखेल ३७ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
