पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटक आउने गरी योजना तयार पारेको बताएका छन्।
काठमाडाैँ– पर्यटनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकलाई नेपालमा आकर्षित गर्ने योजनासहित काम भइरहेको बताएका छन्।
जसका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउने उनको भनाइ छ। काठमाडौँको बसन्तपुर डबलीमा ‘थाहा पर्यटकीय फोटो प्रदर्शनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले पर्यटकीय गन्तव्यलाई पूर्वाधारयुक्त बनाइने बताए।
मकवानपुरको थाहा नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो। नेपालमा बाह्रै महिना पर्यटक आउने गरी आफूले योजना तयार पारेको मन्त्री श्रेष्ठको दाबी छ। पर्यटन क्षेत्रको समावेशी विकासका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना कार्यान्वयनको क्रममा रहेको उनको भनाइ छ।
"मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ७३ बुँदाको पर्यटन विकास कार्यक्रम अगाडि सारेको छु। पर्यटन क्षेत्रको दिगो विकास गर्ने भनेर २०२३ देखि २०३२ सम्मलाई ‘पर्यटक भ्रमण दशक’ भनेर घोषणा गरेका छौं", उनले भने। यस्ता फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
तीन दिन चल्ने प्रर्दशनीमा नगरभित्र सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्त्वका सम्पदाको चित्रण गरिएको नगरपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
