महोत्सवमा राष्ट्रिय विधाका १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार विजेतालाई अवार्ड प्रदान गरिएको थियो।
काठमाडौँ– स्पाइनी मुभिज प्रालिको आयोजनामा जमलस्थित नाचघरमा ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न भएको छ।
महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार सर्वोत्कृष्ट चलचित्रकर्मीलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गरे।
महोत्सवमा राष्ट्रिय विधातर्फ निर्देशकमा दिनेश राउत (प्रकाश), अभिनेतामा प्रदीप खड्का (प्रकाश), अभिनेत्रीमा नम्रता सापकोटा (डेसान) र लेखनमा विकाश सुवेदी (प्रकाश)ले अवार्ड जिते।
यस्तै, छोटो चलचित्रतर्फ तिर्खा, निर्देशकमा ज्ञानेन्द्र कोइराला (किडन्याप), लेखकमा सिर्जना कार्की (दु:खी बुहारी) र छायाकारमा ज्ञानेन्द्र खतिवडा (अहम प्रेम)ले अवार्ड प्राप्त गरे। नेपाल भाषाको चलचित्रतर्फको अवार्ड निर्देशक दर्शनवीर शाक्य (इन्द्रायणी)ले पाए।
समारोहमा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट वृत्तचित्र डुक बक्स इलिङ्टन (आयरल्यान्ड), उत्कृष्ट चलचित्र द रोड (भारत), उत्कृष्ट कथा फोर्स (इरान), उत्कृष्ट छायाकार ‘द लाइट बल्व’ (भेनेजुएला) र उत्कृष्ट निर्देशक ‘फिडलस्ट्रिक’ (इजिप्ट)का एजिडिन एफडेल हेडीलाई घोषणा गरियो।
चलचित्रकर्मीले बजेट विनियोजनबारे राखेको गुनासोको सुनवाइ गर्ने मन्त्री लिम्बूले बताए। “म तपाईँहरूकै सेवक हुँ। त्यसैले आफ्नो समस्या निर्धक्कसँग मलाई भन्नुस्, खबरदारी गर्नुस्”, उनले भने, “हामी भिन्न क्षेत्रमा रहे पनि उद्देश्य एउटै छ। देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी एक भएर काम गरौँ।”
महोत्सवका निर्देशक माधव खरेलले स्वदेशी चलचित्र विदेशीभन्दा कम नभएको बताए। “तेस्रो संस्करणसम्म आइपुग्दा बृहत् रूपमा कार्यक्रम सम्पन्न भयो। स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन्। चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल साबित गरेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
