समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भिजनभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ थियो।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको टिप्पणी गरेका छन्। समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भिजनभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ थियो।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, “नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति बजेट विल्कुल विमुख छ। यसले अकर्मण्यता र शिथिलताले ग्रसित छ। यसमा भिजनरहित छ।”
बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोसेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने जिकिर गरे। ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्नभन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौतीसमेत दिए। “परिणामबाट, उपलब्धिबाट जवाफ दिनुस्, म सत्तापक्षलाई भन्न चाहन्छु,” उनले भने।
अध्यक्ष ओलीले सरकारले आय स्रोत कसरी बढाउने भन्नेबारे ध्यान नै नदिइएको बताए। उनले बजेटलाई सुतेर बसेको अजिंगरसँग तुलना गर्दै भन्सारबाट आउँला र खाउँला भन्ने आस मात्रै सरकारले राखेको बताए
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
