सुख्खा मौसमका कारण अत्यधिक गर्मी तथा खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले बिदा दिनुपरेकाे विद्यालयहरूले बताएका छन्।
दमौली– अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन्।
गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएपछि शैक्षिक सत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए।
जिल्लाका अन्य पालिकाले पनि विद्यालयमा बिदा दिएका छन्। व्यास नगरपालिका–५ स्थित परासर माध्यमिक विद्यालयले मंगलबारदेखि गर्मी बिदा दिएको छ। नगरपालिकाको जेठ १९ गतेको निर्णयअनुसार २६ गतेसम्म बिदा दिइएको प्रधानाध्यापक रामदत्त पौडेलले बताए।
गर्मी बढी नै भएको तथा विद्यालयमा सुख्खा मौसमका कारण खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले बिदा दिनुपरेको उनको भनाइ छ।
बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको देवघाटका शिक्षा शाखा प्रमुख लामिछानेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
