बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका गएका हुन्। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई भने भिसा नआएका कारण जान पाएका छैनन्।
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान गरेका छन्। गएराति कतार एयरवेजको विमानबाट सन्दीप त्यसतर्फ प्रस्थान गरेका हुन्।
सन्दीप दक्षिण अफ्रिका पुगेर नेपाली टोलीसँग सामेल हुने छन्। आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारीका लागि नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रिका पुगिसकेका छन्।
बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी भएका कारण सन्दीप भने टिमका अन्य सदस्यसँग जान पाएका थिएनन्। तर, मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका गएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
यसैबीच मुख्य प्रशिक्षक मोन्टी देसाईको भने अझै भिसा नआएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। भिसा आएलगत्तै देसाई दक्षिण अफ्रिका जाने उनको भनाइ छ।
नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमसँग चार वटा अभ्यास खेल खेल्ने तालिका छ। त्यसपछि नेपाली टोली जिम्बावे प्रस्थान गर्ने छ। जिम्बावेमा एक दिवसीय विश्वकप छनोटका खेलअघि नेपालले ओमान र यूएईसँग दुई 'वामअर्प' म्याच खेल्ने छ। यी खेल जेठ ३० र ३२ गते हुने छ।
त्यसपछि विश्वकप छनोटमा सहभागिता जनाउने छ। नेपाल रहेको समूह 'ए' मा वेस्ट इन्डिज, जिम्बावेसँगै नेदरल्यान्ड्स र अमेरिका छन्। छनोट प्रतियोगिता आगामी जुन र जुलाईमा जिम्बावेमा हुँदैछ। नेपालले जिम्बावेसँग पहिलो खेल असार ३ गते हरारेमा खेल्ने छ।
यस्तै, दोस्रो खेल यूएईसँग असार ५ गते ताकासिंगामा खेल्ने छ। त्यसपछि वेस्ट इन्डिजसँग हरारेमा असार ७ गते र नेदरल्यान्ड्ससँग असार ९ गते ताकासिंगामा अन्तिम खेल खेल्ने छ।
समूह 'बी'मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्। लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स'मा प्रवेश गर्ने छन्।
सुपर सिक्सका टोलीले एक अर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोली छनोट प्रतियोगिताको फाइनलमा पुग्ने छन्। ती दुई टोली आउँदो वर्ष भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
