दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ९७ करोडको कारोबार

सोमबार २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता शेयर ३६ हजार ५६८ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन आइतबार ५० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन सोमबार भने दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ अंकमा कायम भएको हो।

सोमबार २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता शेयर ३६ हजार ५६८ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह १२४.१४ र उत्पादन तथा प्रशोधन समूह १२१.३० अंकले घटेको छ। बैंकिङ समूह ९.१६, विकास बैंक ५०.९५, वित्त १७.३९, होटल तथा पर्यटन ३२.०१, जलविद्युत् ११.५१ र लगानी समूह ०.५४ अंकले घटेको छ।

त्यसैगरी, लघुवित्त समूह १८.६४, म्युचुअल फन्ड ०.०३, निर्जीवन बीमा समूह ५७.०६, व्यापार समूह ३६.९४ र अन्य समूह २०.६३ अंकले घटेको छ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को शेयर मूल्य सोमबार सबैभन्दा धेरै ८.०२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य ४.५० प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोमबार शिवम् सिमेन्ट लिमिटेडको १९ करोड ८९ लाख ५६ हजार ३५३ रुपैयाँ बराबरको चार लाख १४ हजार ६१६ कित्ता शेयर किनबेच भएको छ।