एमालेले शुक्रबार दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै छ ।
कधाठमाडौं । निर्वाचन प्रचारको समय सुरु भएसँगै प्रमुख तलका शीर्ष नेताको व्यस्तता बढेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली चुनावीसभालाई सम्बोधन गर्न दार्चुला पुगेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित छन् ।
एमालेले दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै छ । सोही कार्यक्रममा सहभागी हुन ओली हेलिकप्टरमार्फत् दार्चुला पुगेका हुन् । तत्कालिन ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो ।
दार्चुलाबाट अभियान सुरु गरेर एमालेले यो विषयलाई चुनावमा मुख्य मुद्दा बनाउन खोजेको छ । आफ्नो पालामा गरेका कामको प्रचार र सत्ता गठबन्धनविरुद्ध आक्रामक हुने एमालेको रणनीति छ । ओलीले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने एमाले नेता गणेशसिंह ठगुन्नाले जानकारी दिए ।
४० जिल्लाका चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । सुदूरपश्चिमबाट सुरु भएको ओली नेतृत्वको देशव्यापी चुनावी प्रचार अभियान पूर्वी नेपालमा पुगेर सम्पन्न हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा निर्वाचन प्रचारमा व्यस्त छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका देउवा कात्तिक २२ सम्म जिल्लामै रहनेछन् । सो क्रममा उनले विभिन्न सात ठाउँमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए ।
उनले शुक्रबार नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले बिहीबार डडेल्धुराबाटै निर्वाचन प्रचार थालेका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू उम्मेदवार रहेको गोरखा–२ मा छन् । शुक्रबार उनी गोरखा नगरपालिका–१४ याङकोटमा कार्यकर्ता भेटघाट गरिरहेका छन् ।
प्रचण्ड केही दिन आफ्नो निर्वाचन क्षेत्रमै व्यस्त हुने बताइएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबारदेखि चुनावी अभियान सुरू गर्ने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको गोरखा– २ स्थित पालुङटारबाट राप्रपाले अभियान गर्न लागेको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताले पालुङटारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने राप्रपाले जनाएको छ । शनिबार नै लिङ्देनले नवलपुर र नवलपरासीका चार वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
राप्रपाले कात्तिक २५ गते काठमाडौं, कास्की र स्याङ्जामा आमसभा गर्नेछ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
