शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले दाखिला गरेको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ।
काठमाडौँ– प्राकृतिक व्यक्तिका लागि पुँजीगत लाभकर नै अन्तिम कर हुने भएको छ।
आइतबार शेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच भएको छलफलमा प्राकृतिक व्यक्तिका लागि पुँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो। सहमतिसँगै शेयर कारोबार खुलेको छ।
शेयर लगानीकर्ताहरू टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफलका लागि मन्त्रालयमा गएका थिए। अर्थसचिव अर्जुन पोखरेल नेतृत्वमा मन्त्रालयमा लगानीकर्तासँग छलफल भएको थियो। छलफलमा अर्थमन्त्री महत पनि उपस्थित थिए।
सहमतिपछि अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले सूचना जारी गर्दै भनेको छ, “आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साबिक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुनेछ।”
पुँजीगत लाभकरको व्यवस्था नै अन्तिम हुनुपर्ने भन्दै लगानीकर्ताले आइतबार बिहान ब्रोकर कार्यालयमा तालाबन्दी गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
