सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालनको जिम्मा दिएसँगै केन्द्रले त्यसको मर्मत थालेको छ। मर्मतपश्चात् केन्द्रबाट १५ किसिमका औजार उत्पादन गर्ने तयारी केन्द्रको छ।
काठमाडौँ- वीरगन्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य शुरू गरिएको छ।
दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत संकलन शुरू भएको हो।
गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेपश्चात् आविष्कार केन्द्रले गत मंगलबारदेखि कारखानाको सरफाई र मर्मतसम्भार गर्न थालेको छ।
विसं २०२४ फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाएका आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरूको उत्पादन गर्ने, नयाँ औजार उपकरणहरूको आविष्कार गर्ने पनि बताए।
उनले सरकारले आविष्कार केन्द्रलाई पुरै स्वामित्व नदिएको तर सञ्चालन गर्ने अधिकार प्रदान गरेको बताउँदै कारखानाको अवलोकन गर्दा कारखाना सञ्चालनका लागि सिभिल वर्कहरूको रिपेयर डाटा संकलन गरेको बताए। बिजुलीका वाइरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको उनको भनाइ थियो। पुनले सकेसम्म औजारहरू छिटो उत्पादन गर्ने सोच रहेको बताए।
उनले रिनोभेसनको कम्तीमा १० महिनाको समय लाग्ने बताए। उनले दोस्रो वर्षमा किसानलाई चाहिने नयाँ नयाँ कृषि औजारको उत्पादनमा जोड दिने बताए।
अध्यक्ष पुनले कारखानालाई आधुनिकीकरण गरेर अघि बढ्नसके मात्रै कारखाना नाफामा जाने बताए। पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसकेपनि एक वर्षभित्र १०/१५ किसिमका कृषि औजारहरू उत्पादन गर्ने लक्ष्य आविष्कार केन्द्रले राखेको बताए।
उनले आविष्कार केन्द्रले २/३ वर्ष भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको बताए। आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको यो कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहित रहने बताइएको छ।
नाफामा लैजान सके केन्द्र र सरकारलाई बराबर भाग लाग्ने पनि सहमति भएको छ। स्वदेशमै आविष्कार केन्द्र नहुँदा बर्सेनि अर्बौंको कृषिऔजार बाहिरी मुलुकबाट आयात भइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
