एमाले उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनुले जनताको अधिकार र संसद्माथि प्रहार भएको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसद्माथिको नांगो प्रहार भएको बताएका छन्।
उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जनताको अधिकार र संसद्माथि प्रहार भएको बताएका हुन्। “संविधानले, कानूनले, हाम्रो स्थापित अभ्यासले, संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भयो। जनताको अधिकारमाथि प्रहार गर्ने काम भयो। जनप्रतिनिधिमूलक संस्थालाई छेउमा पार्ने काम भयो,” उनले भने।
उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधिसभाको कार्यकालमै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि पेस हुँदासमेत १५ दिनभित्र प्रमाणीकरण नगरेको उल्लेख गर्दै विधेयक उतीबेलै निष्क्रिय भएको बताए। निष्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्न नमिल्ने उनको तर्क छ। त्यस्तै, नयाँ प्रतिनिधिसभासमेत आइसकेको अवस्थामा संसद्बाट सभामुख र राष्ट्रियसभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन भएको उनले बताए।
उनले नागरिकता प्रमाणीकरणको विषयलाई लिएर एमाले जनतासमक्ष जाने पनि बताए। “हामी संसद्मा उठाउँछौँ। यस्ता कतिपय विषयहरू आवश्यक पर्दा अदालतमा प्रवेश पाएका छन्। सबै ढंगले हामी यी विषयहरूमा सशक्त ढंगले जनताको बीचमा प्रस्तुत हुन्छौँ। सचिवालय बैठक भोलि बस्दै छ। यी सबै सन्दर्भहरूमा हामी एउटा निष्कर्षमा पुग्छौँ,” उनले भने।
उपाध्यक्ष नेम्वाङले देशमाथि सबैतिरबाट प्रहारहरू भइराखेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै राजनीतिक दलहरूको बीचमा राष्ट्रिय विषयहरूमा एकताको आवश्यकता रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
