नेपालले तेस्राे खेलमा मलेसियालाई २७ रनले पराजित गरेकाे छ। यसअघि पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो।
काठमाडौँ– नेपालले घरेलु टोली मलेसियासँगको महिला टी२० आई सिरिजमा अग्रता लिएको छ।
बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले २७ रनको जित हासिल गरेको हो। योसँगै नेपालले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ।
नेपालले दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो। मलेसियाकी माहिरा इज्जती इस्माइलले सर्वाधिक ४४ रन बनाइन्।
उनले ५४ बलमा ६ चौका प्रहार गरिन्। ओपनर विनी फ्रेड दुराईसिंघमले ३८ बलमा १ चौकासहित २० रन जोड्दा अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन।

वान जुलिया ६, मास अलिशा २ रनमा आउट हुँदा इना हमीजा हाशिम डक आउट भइन्। आइना नजवा ९ रनमा अविजित रहिन्।
नेपालकी कविता कुँवर, सीता रानामगर र इन्दु वर्माले १/१ विकेट लिइन्।
त्यसअघि यूकेएम–वाईएसडी क्रिकेट ओभिल्मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११० रन बनायो।
नेपालकी कप्तान रूविना क्षेत्री बेलबासेले सर्वाधिक २७ रन बनाइन्। उनले १५ बलमा ३ चौका प्रहार गरिन्।
चौथो नम्बरकी ज्योती पाण्डेले २४ बलमा ३ चौकासहित २३ रन बनाइन्। इन्दु वर्माले २०, सीता रानामगरले २१ र कविता कुँवरले २ रन जोडे। कविता जैशी १ र विन्दु रावल ३ रनमा अविजित रहे।
मलेसियाकी निक नूरले २ विकेट लिइन्। विनी फ्रेड दुराईसिंघम र ऐश्या एलिशाको नाममा १/१ विकेट रह्यो।
नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने ७ विकेटको जित हासिल गर्दै सिरिजमा फर्किएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
