दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपालले जेठ २५ मा स्कटल्यान्ड र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने छ। त्यसपछि टोली जिम्बावे प्रस्थान गर्ने छ।
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई अभ्यास खेल खेल्ने पक्का भएको हो। नेपालले जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने छ।
यी दुवै खेल ५० ओभरका हुने छन्। त्यसपछि नेपाली टोली जिम्बावे प्रस्थान गर्ने छ। जिम्बावेमा एक दिवसीय विश्वकप छनोटका खेलअघि ओमान र यूएईसँग दुई अभ्यास खेल्ने छ। यी खेल जेठ ३० र ३२ गते हुने छन्।
त्यसपछि विश्वकप छनोटमा सहभागिता जनाउने छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गत मंगलबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूह 'ए' मा वेस्टइन्डिज, जिम्बावेसँगै नेदरल्यान्ड्स र अमेरिका छन्।
छनोट प्रतियोगिता जुन र जुलाईमा जिम्बावेमा हुँदैछ। नेपालले जिम्बावेसँग पहिलो खेल असार ३ गते हरारेमा खेल्ने छ। यस्तै, दोस्रो खेल यूएईसँग असार ५ गते ताकासिंगामा खेल्ने छ। त्यसपछि वेस्ट इन्डिजसँग हरारेमा असार ७ गते र नेदरल्यान्ड्ससँग असार ९ गते ताकासिंगामा अन्तिम खेल खेल्ने छ।
समूह 'बी'मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्। लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स'मा प्रवेश गर्ने छन्। सुपर सिक्सका टोलीले एक अर्काविरुद्ध खेल्ने छन्।
त्यसपछि शीर्ष दुई टोली छनोट प्रतियोगिताको फाइनलमा पुग्ने छन्। ती दुई टोली आउँदो वर्ष भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
