प्रधानमन्त्री दाहालले बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। त्यसलगत्तै हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ।
नयाँ दिल्ली– भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्त्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालले बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। त्यसलगत्तै हैदराबाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ।
भेटवार्ता लगत्तै प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने छ। त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ। ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाई मार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ।
यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय छलफल र भेटवार्तापछि हैदराबाद हाउसमा नै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन्।
त्यसपछि भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमलाई दाहालले सम्बोधन गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
