स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्याको उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या (बेड)को उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्।
बुधबार काठमाडौँ महानगरपालिकाले ‘विश्व धूमपानरहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अस्पतालहरूलाई आइसीयू, इमर्जेन्सी वा सीसीयू बेडको उपलब्धता वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको बताएका हुन्।
“देशभरका अस्पतालमा बेडको अवस्था के छ वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर मैले निर्देशन दिएको छु। त्यो काम शुरू भइरहेको छ,” उनले भने।
उनले अब अस्पतालहरूको ओपीडी टिकट अनलाइनमार्फत लिन सकिने बताए। “अब अनलाइन र फिजिकल्ली दुई वटै किसिमले टिकट पाउन सक्छौँ,” उनले भने। उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए।
उनले संसारभरमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए। उनले सुर्तीजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजस्व गरिब बिरामीको उपचारमा प्रयोग गर्नुपर्ने बताए। गुलियो पेय पदार्थ र ‘जंकफुड’बाट पनि नागरिकलाई टाढा राख्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
