परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा विद्युत् बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग ‘लङटर्म पावर डिल’ गर्ने प्रयास गरिने बताएका छन्।
काठमाडौँ– सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगन्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल—वीरगन्ज—सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानबारे छलफल गर्ने बताएका हुन्।
उनका अनुसार नेपालगन्ज(रुपैडिया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाका पनि चलायमान बनाउनेबारे छलफल भइरहेको छ। भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको उनले बताए।
नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामबारे पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने छ। उनले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे।
परराष्ट्रमन्त्री साउदका अनुसार विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत् व्यापार गर्ने विषय प्राथमिकतामा रहने छ। “हामीले नेपालमा विद्युत् बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङटर्म पावर डिल गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने।
उनले नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरूमा छलफल हुने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबारबाट तीन दिने भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्ने छन्। प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
