टीकापुर घटनाका पीडित शारदा कडायत बोहराले पेश गरेको रिट निवेदन मंगलबार सर्वोच्च अदालतले दर्ता गर्दै बुधबारका लागि पेशी तोकेको छ।
काठमाडौँ– टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सजाय माफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले पेश गरेको रिट निवेदन मंगलबार सर्वोच्च अदालतले दर्ता गर्दै बुधबारका लागि पेशी तोकेको हो।
कडायतले चौधरीलाई सजाय माफी गरी रिहा नगर्न माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र बुझाएकी थिइन्। सरकारले चौधरीलाई आममाफी दिन लागेको विषय बाहिरिएपछि शारदाले शुक्रबार शीतलनिवास पुगेर पत्र बुझाएकी थिइन्।
पत्रमार्फत उनले तीन तहको अदालतले दोषी ठहर गरेको व्यक्तिलाई सरकारले माफी दिएर सरकारले रिहा गर्न खोजेको र त्यसो हुन नदिन सकारात्मक भूमिका खेल्न राष्ट्रपतिसमक्ष आग्रह गरेकी थिइन्।
चौधरी पाँच वर्ष तीन महिना जेल सजाय काटेर सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्। चौधरीलाई सरकारले गणतन्त्र दिवसको दिन पारेर सजाय माफी दिने निर्णय गरेपछि राष्ट्रपतिबाट सजाय माफी पाएर उनी रिहा भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
