भारतजस्तो पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले नेपालको भूमि नक्साभित्र हालेर संसद्मा राख्ने कार्य उचित मान्न नसकिने एमाले अध्यक्ष ओलीको भनाइ छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा भारतको नक्सामा नेपाली भूमि समेटिएको बारे बोल्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाँदै छन्, उनले १८ गते भारत प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने भ्रमणतालिका तय भएको छ।
अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भारतको संसद् भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको प्रतिक्रिया दिएका हुन्।
भारतजस्तो पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने उनको भनाइ छ। उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा सो नक्सा संसद् भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए।
“नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद् जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन,” उनले भने, “प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस्। त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ। यति कुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने?”
अध्यक्ष ओलीले शक्ति राष्ट्रहरूले बलमिचाइँ गरिरहेकाले कमजोर मुलुकहरूले न्यायको खोजी गरिरहनु परेको पनि पटक पटक दोहोर्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
