जितका लागि पाएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। योसँगै नेपालले ५ खेलको टी२० आई सिरिज १/१ को बराबरी गर्न सफल भएको छ।
काठमाडाैँ– कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनमा नेपालले दोस्रो महिला टी२० आई खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ।
मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। योसँगै नेपालले खेलको सिरिज १-१ को बराबरी गरेको छ। जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै १०३ रन बनायो।
नेपालको जितमा रुविनाले अविजित २९ रन बनाइन्। उनले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। नेपालका ओपनर कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन्। उनले पहिलो विकेटका लागि अर्की ओपनर सीता रानामगरसँग ३३ रनको साझेदारी गरेकी थिइन्।
सीता सातौँ ओभरको अन्तिम बलमा निक नूरबाट बोल्ड भइन्। उनले २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाइन्। त्यसपछि नेपालको इनिङ्स कविता र विन्दू रावलले उकासेका थिए।
उनीहरूबीच ३० रनको साझेदारी भयो। विन्दू १८ बलमा २ चौकासहित १७ रन बनाएर क्याच आउट भइन्। यता, कविता पनि १६औँ ओभरको अन्तिम बलमा आउट भइन्। सम्झना खड्का भने २ रनमा अविजित रहिन्। मलेसियाकी विनी फ्रेड दुराई सिंघम, ऐश्या एलिशा र निक नुरले १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो। मलेसियाकी मास एलिशाले सर्वाधिक २८ रन बनाइन्। उनले ३४ बलमा २ चौका प्रहार गरिन्।
ओपनर विनी फ्रेड दुराईसिंघमले २६ बलमा ३ चौकासहित २० रन बनाइन्। उनले पहिलो विकेटका लागि वान जुलियासँग ३१ रनको साझेदारी गरिन्। विनी सातौँ ओभरको तेस्रो बलमा क्याच आउट भइन्।
यता, जुलियाले ३५ बलमा २० रन बनाइन्। मास एलिशाले २८, माहिरा इज्जती इस्माइलले २ र आइना नजवाले २ रन बनाइन्। आइना हमीजा हाशिम १४ र अरियाना नत्स्या ३ रनमा अविजित रहिन्।
नेपालकी रूविना क्षेत्रीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन्। इन्दु बर्मा र कविता कुँवरले १/१ विकेट लिए। नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो।
अब नेपालले जेठ १८ मा तेस्रो खेल खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
