सोमबार सांघाईको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।
चीनको औद्योगिक महानगर सांघाईमा १०० वर्ष यताकै अधिक गर्मी भएको छ। मौसम विज्ञान विभागले १०० वर्ष अवधिमा सोमबार सबैभन्दा तातो दिन अभिलेखीकरण गरिएको बताएको छ।
सोमबार सांघाईको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको विभागले जनाएको छ।
समुन्द्री किनारमा अवस्थित सांघाई, चीनको सबैभन्दा विकसित र धनी शहर हो। यहाँको प्राकृतिक स्रोत मन्त्रालयको समुद्री पूर्वानुमान तथा अनुगमन विभागका अनुसार 'ग्लोबल वार्मिङ'का कारण तटीय पानीको तापक्रम र समुद्रको सतह पनि बढेको छ।
विगत चार दशकमा, चिनियाँ तटमा बढ्दो समुद्री सतहले तटीय पारिस्थितिक प्रणालीमा दीर्घकालीन प्रभाव पारेको छ। जसले भूमिगत पानी आपूर्तिमा पनि असर पारेको छ र आँधी, बाढी र नुन ज्वारबाट हुने क्षतिलाई बढाएको विभागले जनाएको छ।
विश्वमा तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एशियाली देशमा पछिल्लो सातामा विगतका ‘रेकर्ड’ तोडेको वैज्ञानिकहरूले बताएका छन्।
भारतका केही भागमा ४४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्दा कम्तीमा ११ जनाले ज्यान गुमाएको एएफपीले जनाएको छ। बंगलादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो दिन महसुस भएको छ।
थाइल्यान्डको टाक शहरमा अहिलेसम्मकै उच्च तापक्रम ४५.४ डिग्री सेल्सियस मापन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
