नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने भएको छ।
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने भएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै निगम चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकोले मूल्य यथावत् रहने जनाएको हो।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारणले लामो समयदेखि नोक्सानीमा रहेको उल्लेख गर्दै इन्डियन आयल कर्पोरेसन र सरकारलाई २९ अर्ब ११ करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ।
पछिल्लो पटक असोज ३० मा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल, डिजेललगायतको मूल्य बढेर आए पनि २० महिनापछि निगम केही नाफामा रहेको विज्ञप्तिमा उल्लेख छ। निगमले आगामी १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनिमयदर कमजोर हुँदै गएको अवस्थामा आपूर्ति जारी राख्न र सरकारबाट लिइएको ऋण व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको निगमले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
