मन्त्रिपरिषद् बैठकले रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। यससँगै, गणतन्त्र दिवसमा उनी जेलमुक्त हुने बाटो खुलेको छ।
काठमाडौँ- सरकारले रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीलगायत केही बन्दीको सजायमाफीको सिफारिस गर्ने निर्णय गरेको हो।
रेशमलगायतलाई सजाय माफीको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले जानकारी दिए। सजाय माफीको लागि सिफारिस गर्ने निर्णयपछि चौधरीलगायतलाई राष्ट्रपतिले माफी दिने बाटो खुलेको छ। उनीहरू गणतन्त्र दिवसको दिन जेठ १५ मा छुट्ने छन्।
यसअघि, सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले गएको जेठ २ गते चौधरीलाई जन्मकैदको सजाय हुने तल्लो अदालतकै फैसला सदर गरेको थियो। कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको थियो। त्यही फैसला सर्वोच्चले सदर गरेको हो।
सोमबारको मन्त्रिपरिषद् बैठकमा आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणलगायत विषयमा पनि छलफल भएको छ। संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ।
त्यसको दुई दिनपछि जेठ १७ गते प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदै छन्।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले अनिता साहलाई राष्ट्रिय योजना आयोग सदस्यमा नियुक्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
