प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने निश्चित भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले दाहालको भ्रमणबारे औपचारिक घोषणा गरेका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने औपचारिक घोषणा भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री दाहालको भ्रमण जेठ १७ देखि २० गतेसम्म हुने सार्वजनिक गरेका छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चार दिने भ्रमणका क्रममा दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन जेठ १८ गते भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
सोही दिन मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन जेठ १९ गते मध्य प्रदेशको उज्जैन र इन्दोर जाने छन्। नेपाली टोली जेठ २० गते स्वदेश फर्किनेछ।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण टोलीमा उनकी स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल तथा मन्त्री, सचिव र वरिष्ठ अधिकारीहरू सहभागी हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
