आईपीएलको फाइनलका दिन बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षबीच भारतमा हुने बैठकले एशिया कपको टुंगो लगाउने एसीसीका अध्यक्ष जय शाहले बताए।
काठमाडौँ– सन् २०२३ मा हुने एशिया कप आयोजनाको विषय अझै टुंगिएको छैन। एकातिर पाकिस्तान एशिया कप आयोजना गर्न अडिग छ।
अर्कातर्फ, एशियाली क्रिकेट काउन्सिल (एसीसी) यस प्रतियोगिताका लागि नयाँ आयोजकको खोजीमा छ। एसीसीका अध्यक्ष जय शाहले गत वर्ष नै भारतीय टोली एशिया कप खेल्न पाकिस्तान नजाने बताएका थिए।
त्यसयता एशिया कपलाई लिएर बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)बीच विवाद चर्किएको छ।
बीसीसीआई सचिव तथा एसीसी अध्यक्ष शाहले भने, "मे २८ मा आईपीएलको फाइनलका दिन बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षहरू भारत भ्रमणमा आउनुहुने छ। त्यसपछि एशिया कप २०२३ को भेन्यूबारे विचार गर्नेछौँ।"
चाखलाग्दो कुरा के छ, भने पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठी आईपीएल हेर्न भारत जाने छैनन्। जुनसुकै हालतमा पाकिस्तानमा एशिया कप गराउने प्रयासमा उनी रहनेछन्। यसको विरोधसँगै पाकिस्तानले हाइब्रिड मोडल पनि प्रस्तुत गरेको छ।
पाकिस्तानले भारतसँगका बाहेक अन्य खेल आफ्नो देशमा खेल्ने प्रस्ताव राखेको छ। भारतसँगको खेल भने यूएई, ओमान या श्रीलंका राख्ने प्रस्तावमा उल्लेख छ। तर, यो मोडेलको प्रस्ताव अन्य सदस्यले अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यता, नेपाल क्रिकेट संघ (क्यान)का कार्यबहाक सदस्य सचिव दुर्गाराज पाठकले आफूहरूलाई पनि आईपीएलको फाइनल हेर्न निम्तो आएको बताए। तर, भेन्यू निर्धारण गर्नेबारे सोधखोज नगरेको उनको भनाइ छ। त्यसैले अध्यक्ष चतुरबहादुर चन्द फाइनल हेर्न भारत जाने नजाने टुंगो लाग्न नसकेको पाठकको भनाइ छ।
"हालसम्म हामीलाई नयाँ भेन्यूको बारेमा केही कुरा राख्नु भएको छैन। तर, हरेक वर्षझैँ यसपटक पनि आईपीएलको फाइनल हेर्न निम्तो आएको छ। अध्यक्षज्यूको कार्यव्यस्तता हेरेर जाने नजाने टुंगो लगाउँछौँ। तर, त्यहाँ बैठक बस्ने नबस्ने जानकारी हामीलाई छैन," उनले उकालोसँग भने।
दाेस्राे पटक एशिया कपमा छनाेट भएको नेपाल भने जहाँ प्रतियोगिता आयोजना भए पनि खेल्ने पक्षमा छ। सेप्टेम्बरमा यूएईमा धेरै गर्मी हुने एसीसीले जनाएको छ। जसका कारण खेलाडीहरू घाइते हुने सम्भावना धेरै हुन्छ। यही कारण अन्य ५ देशमध्ये श्रीलंका आयोजकको अग्रस्थानमा छ।
यससँगै पाकिस्तान क्रिकेट बोर्डले एशिया कपका लागि भारतीय टोली पाकिस्तान नआए पाकिस्तानले यसै वर्ष भारतमा हुने आईसीसी विश्वकप पनि बहिष्कार गर्ने धम्की दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
