अनुपविक्रमले चलचित्र स्तरीय बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए।
काठमाडौं– नेपाली चलचित्र लाखेको प्रिमियर शो गरिएको छ। बुधबार काठमाडौंको एक सिनेमा हलमा प्रिमियर गरिएको हो।
प्रिमियर शोपछि पत्रकारलाई प्रतिक्रिया दिँदै कुरा गर्दै अभिनेता अनुपविक्रम शाहीले नेपालीले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गरे। उनले चलचित्र स्तरीय बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए।
त्यस्तै, अभिनेत्री वर्षा राउतले चलचित्र सोचेभन्दा राम्रो रहेको बताइन्। उनले चलचित्रले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको सुनाइन्।
चलचित्रमा अनुपविक्रम, वर्षा, सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सन्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतले अभिनय गरेका छन्।
सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि अर्याल नै रहेका छन्। निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्। सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ। चलचित्र शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
